५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिन मुग्लिन–आँबुखैरेनी सडकमा ठूला सवारी नचल्ने



अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएपछि चार दिन ठूला सवारी साधन नचल्ने भएका छन् ।

सडक विभागले भित्तातर्फको भाग काटेपछि शुक्रबार बिहान ११ बजेदेखि एकतर्फीरुपमा साना सवारी चल्न थालेका छन् । सडक भासिएको स्थानमा ठाडो भिर रहेकाले कडा चट्टान भएको भित्तातर्फको भाग काट्न समय लाग्ने हुनाले अहिलेलाई ठूला सवारीलाई चल्न दिइएको छैन । विभागका अनुसार सो सडक भएर मालबाहक र यात्रुबाहक सवारी चार दिनसम्म आवतजावत गर्न पाउने छैनन् ।

सडक भासिएपछि सो स्थानमा दुर्घटनामा परेका दुई जनाको शव फेला परेको छ । सो स्थानमा शुक्रबार बिहान करिब ४ः३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।