३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान

सुरक्षित तवरले डिजिटल कारोबार गर्न सनराइज बैंकको आग्रह

सुरक्षित तवरले डिजिटल कारोबार गर्न सनराइज बैंकको आग्रह
अ+ अ-

काठमाडौं । सनराइज बैंकले सुरक्षित तवरले डिजिटल कारोबार गर्नका लागि बैंक खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट र क्रेडिट कार्डजस्ता सेवासँग सम्बन्धित संवेदनशील विवरणहरु कुनै पनि व्यक्तिलाई प्रदान नगर्न आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै फेसबुक मेसेन्जरलगायत सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई चिनेजानेका व्यक्ति, नजिकका नातेदार, आफन्तलगायतका व्यक्तिहरुसँग मेसेन्जरमार्फत केही सापटी मागी मोबाइल बैंकिङ, इ–बैंकिङलगायतका माध्यमबाट खातामा वा वालेटमा रकम ट्रान्सफर गर्न लगाई ठगी गर्ने व्यक्ति र गिरोह सक्रिय रहेको जानकारी प्राप्त भएको जनाएको छ ।

कुनै पनि चिनेजानेको व्यक्तिको आइडीबाट रकम सापटी वा अन्य कुनै प्रयोजनका लागि मागेको खण्डमा सो अनुरोध गर्ने व्यक्ति सही भएको यकिन गरेर मात्र रकम ट्रन्सफर गर्न बैंकले अनुरोध गरेको छ ।

बैंकले खाताको पूर्ण विवरण, युजर आइडी, पासवर्ड, बैंकले एसएमएसमार्फत पठाउने एक्टिभेसन कोड तथा ओटीपी, कार्ड नम्बरलगायत कार्डको एक्सपायरी डेट तथा कार्डको पछाडिपटि छापिएको तीन अंकको कोड (सीसीभी) आदि कसैलाई पनि प्रदान नगर्नसमेत आग्रह गरेको छ ।

साथै बैंकले सुरक्षाको दृष्टिकोणले समय समयमा आफ्ना पासवर्ड-पिनहरु परिवर्तन गर्ने, खाता र कार्डमार्फत भएका कारोबारको विवरण स्टेटमेन्ट रुजु गर्ने तथा कुनै कारोबार शंकास्पद लागेमा तुरुन्त आफ्नो खाता रहेको बैंकमा खबर गर्न अनुरोध गरेको छ ।