२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित तवरले डिजिटल कारोबार गर्न सनराइज बैंकको आग्रह



अ+ अ-

काठमाडौं । सनराइज बैंकले सुरक्षित तवरले डिजिटल कारोबार गर्नका लागि बैंक खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट र क्रेडिट कार्डजस्ता सेवासँग सम्बन्धित संवेदनशील विवरणहरु कुनै पनि व्यक्तिलाई प्रदान नगर्न आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै फेसबुक मेसेन्जरलगायत सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई चिनेजानेका व्यक्ति, नजिकका नातेदार, आफन्तलगायतका व्यक्तिहरुसँग मेसेन्जरमार्फत केही सापटी मागी मोबाइल बैंकिङ, इ–बैंकिङलगायतका माध्यमबाट खातामा वा वालेटमा रकम ट्रान्सफर गर्न लगाई ठगी गर्ने व्यक्ति र गिरोह सक्रिय रहेको जानकारी प्राप्त भएको जनाएको छ ।

कुनै पनि चिनेजानेको व्यक्तिको आइडीबाट रकम सापटी वा अन्य कुनै प्रयोजनका लागि मागेको खण्डमा सो अनुरोध गर्ने व्यक्ति सही भएको यकिन गरेर मात्र रकम ट्रन्सफर गर्न बैंकले अनुरोध गरेको छ ।

बैंकले खाताको पूर्ण विवरण, युजर आइडी, पासवर्ड, बैंकले एसएमएसमार्फत पठाउने एक्टिभेसन कोड तथा ओटीपी, कार्ड नम्बरलगायत कार्डको एक्सपायरी डेट तथा कार्डको पछाडिपटि छापिएको तीन अंकको कोड (सीसीभी) आदि कसैलाई पनि प्रदान नगर्नसमेत आग्रह गरेको छ ।

साथै बैंकले सुरक्षाको दृष्टिकोणले समय समयमा आफ्ना पासवर्ड-पिनहरु परिवर्तन गर्ने, खाता र कार्डमार्फत भएका कारोबारको विवरण स्टेटमेन्ट रुजु गर्ने तथा कुनै कारोबार शंकास्पद लागेमा तुरुन्त आफ्नो खाता रहेको बैंकमा खबर गर्न अनुरोध गरेको छ ।