१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलले एमसीसी पास गर्नेहरुलाई ‘राष्ट्रिय गद्दार’को संज्ञा दिए



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने बताएका छन् । 
 
एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै एमाले सांसद रावलले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको जनाउँदै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । 

आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गर्दै एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने समेत आरोप लगाए ।