२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरका आकांक्षी सांसद मानन्धरको माग, फोहोरमैला व्यवस्थापनमा म नै उपयुक्त पात्र !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले मेयर बनेर काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने आफ्नो चाहना पूरा नभएको भन्दै आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गरेका गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ । तर उम्मेदवार बन्न पाएन । फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ । म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो ।

आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबा छ । त्यसकारण सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो ।’

 




भर्खरै