२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि बुस्टर डोज



अ+ अ-

काठमाडौँ । आजदेखि सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड–१९ विरुद्धको अतिरिक्त (बुस्टर डोज) खोप दिने भएको छ । यद्यपि बुस्टर डोज लगाउनका लागि सो उमेर समूहका किशोर किशोरीले पूर्ण मात्रा खोप लिएको तीन महिना नाघेको हुनुपर्ने छ ।

सरकारले गत पुस ४ गतेदेखि यो उमेर समूहलाई कोभिड–१९ विरुद्धको खोप दिन थालेको थियो । मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजारभन्दा बढी किशोर किशोरी रहेको सरकारी आँकडाले जनाएको छ ।

सरकारले बुस्टर डोज लगाउन मुलुकभरका स्वास्थ्य निकायलाई बिहीबार नै परिपत्र गरिसकेको बताइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार बुस्टर डोज लगाउनयोग्य किशोर किशोरीलाई फाइजर वा मोडर्नाको खोप उपलब्ध गराइने छ ।