२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले लमजुङको चिसोपानीमा दुई घर उच्च जोखिममा



अ+ अ-

लमजुङ । पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नं. २ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ । गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिमी बढेको हो ।

चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर बिक र शालिमा बिकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताउनुभयोे । करिव ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उहाँको को भनाइ थियो।

राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ । अर्का रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले घर भत्काएको थियो । घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन ।

त्यस्तै हिरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा पुगेको छ । सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासँपानी जाने सडक नै अवरुद्ध भइरहेको छ ।