२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध



अ+ अ-

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै बिहान पौने ९ बजे तीर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । हिजो पनि सोही स्थानमा पहिरो खसेको थियो ।

रातभरको प्रयास पछि एकतर्फी रुपमा सवारी सुचारु भएपनि पुन पहिरो खसेपछि दुईतर्फी सवारी अवरुद्ध भएको छ ।