७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भक्तपुरमा मनसुनबाट सम्भावित विपद् व्यवस्थापनको तयारी यस्तो छ

भक्तपुरमा मनसुनबाट सम्भावित विपद् व्यवस्थापनको तयारी यस्तो छ
अ+ अ-

भक्तपुर । मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको होे ।

वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका चारवटै स्थानीय तह (भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका)मा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राख्ने प्रजिअ शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चारवटै नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद्सँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिको छलफलबाट विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।”यहाँका सबै नगरपालिका प्रमुखले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राख्ने सहमति भएको भन्दै प्रजिअ शर्माले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको छ भन्नुभयो ।

उहाँले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्री बोट, साबेल, डोरी, लाइफ ज्याकेटलगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको उल्लेख गर्नुभयो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना क्षेत्रका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने जानकारी दिनुभयो ।

वर्षायाममा मुख्यगरी भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेटामा पर्दै आएको छ भने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामीण एवं पहाडी क्षेत्र पहिराको जोखिममा पर्दै आएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्यधिकरूपमा अवैध जग्गा खण्डीकरण एवं प्लटिङ रहेकाले पहिराको जोखिम बढेको नगरप्रमुखहरूको गुनासो थियो । चाँगुनारायणका प्रमुख खत्रीले अवैधरुपमा सञ्चालित जग्गा प्लटिङदेखि जग्गा सम्याउने बाहनामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्यधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरु गरेको बताउँदै यसमा प्रहरी प्रशासनको प्रभावकारी साथ र सहयोग जुटाइदिन आग्रह गर्नुभयो । जथाभावी डोजर लगाउँदा यहाँका बस्ती नै जोखिममा परेको भन्दै यसलाई रोक्न अत्यावश्यक भएको उहाँले औँल्याउनुभयो ।

प्रजिअ शर्माले सार्वजनिक सम्पत्ति रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा सङ्कलन गर्न, नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण सङ्कलन गरी दुरुस्त राख्न, अवैधरुपमा ढुङ्गा, माटो, बालुवाखानी सञ्चालनलाई तत्काल रोक्न र जग्गा खण्डीकरण रोक्न निर्देशन दिनुभयो ।उहाँले चारवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना पनि दिनुभयो ।