७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लगातार वर्षा: नियमित गोडमेल र उपचार नपाउँदा बाली पहेँलिँदै गएपछि तरकारी किसानलाई चिन्ता

लगातार वर्षा: नियमित गोडमेल र उपचार नपाउँदा बाली पहेँलिँदै गएपछि तरकारी किसानलाई चिन्ता
अ+ अ-

महोत्तरी । नयाँ वर्ष सुरु भएदेखि नै लगातार भइरहेको बर्षाले महोत्तरीका तरकारी किसानलाई चिन्ता बढाएको छ । साता रदश दिन तथा दिन बिराएर पर्दै आएको पानीले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिँदै गएपछि किसानको चिन्ता बढेको हो ।

गत वैशाखमा कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला (लहरा) लतारेर सोतर बनाएकोसमेत किसानको गुनासो छ । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् ।

खासगरी चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेपछि गोडमेल र औषधोपचार नपाउँदा पहँेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्नसमेत पाइएको छैन” तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादव भन्नुहुन्छ, “गोडमेल नपाएपछि बारीभरि झार बढेर कीराको प्रकोप बढ्दा बालीबाटै हात धुनुपर्ने स्थिति आउने भैसक्यो ।”

वैशाख/जेठमा उत्पादन लिइने तरकारी पानीले गलाएर चाँडै लहरा मरेको र बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । जेठभित्रै रोपिसक्नुपर्ने भदौरे तरकारी रोप्न ढिलो भैसकेकाले किसानमा चिन्ता बढिरहेको बताउँदै आएका छन् । “बारीमा पसिसक्नु छैन अहिले, पानीले माटो गालेको छ” यादव भन्नुहुन्छ, “जेठ सकिनै लाग्यो, खै यसपाली भदौरे तरकारी रोप्न पाइने छाँट छैन ।”

लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका लहरा पहँेंलिएर सुकेका छन् । खासमा वैशाख अन्तिम साता र जेठका सातैपिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खुर्सानी, भण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा–४ कै अर्का तरकारी किसान सरोज महतो बताउनुहुन्छ ।

महोत्तरी जिल्लाका बर्दिवास नगरको चेरु, माइस्थान , सोनापेटी, ढुङ्ग्रे, भब्सी, चेरु, टुटेश्वर, बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । यी बस्तीमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गालेर लहरा पहेँलिएका , चिचिला र फल पनि कलिलैमा चाउरिएका र चुँडिएर झरेका चेरुका परबल किसान वाणिकराज काफ्ले बताउनुहुन्छ । कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्कनुभएका काफ्ले अवकास प्राप्त सहसचिव हुनुहुन्छ ।

“भिरालो पाखो जग्गाको परवल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि १ तर, ग¥हामा लगाइएको परवलको भने अब आस म¥यो” काफ्लेले भन्नुभयो, “म आफै गोडमेल र उपचारको कुरामा जानकार छु, तर, प्रकृतिका अघि बस् चल्दो रहेनछ, परवल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसिसक्नु छैन, के को गोडमेल ! के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेसा बनाएका छन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको वर्षा नै पिरोलो बनेको छ ।

“खेत बारीमा भण्टा, खुर्सानीका बोट र परवल, घिरौंला, झिमनी, रामतोरिया, करेला, फर्सी र लौकासहितका तरकारीका बेला पानीले गालेर सुक्दैछन्” भङ्गाहा–४ पलारका तरकारी किसान सत्यनारायण चौधरी थारुले विरक्तिदै भन्नुभयो, “बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घर गुजारा अब केले टार्ने होला ?” जिल्लामा विभिन्न मौसमका गरी वर्षभरिमा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला, बलवा र मटिहानी नगरपालिका तरकारी बालीका उर्वर पकेटक्षेत्र मान्न्छिन् । तर, पछिल्ला केही वर्षयता मौसमले साथ नदिँदा खेतीबाट अपेक्षित आम्दानी गर्न नसकेको किसानको भनाइ छ । बालीले मागेका बेला पानी नपाएर र नचाहिँदा मुसलधारे पानी परेर उत्पादन लिन नसकेको किसान बताउँछन् । घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि बरदान हुुनुपर्नेमा राज्यको उदासिनताले ती वर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउनुहुन्छ । “सिँचाईको राम्रो प्रबन्ध भइदिए राम्रोसँग तरकारी फलाउन सकिन्थ्यो” महतोले भन्नुभयो । आपूmहरुको यो मर्का तीनै तहका सरकारले बुझीदिनुपर्ने किसान बताउँछन् ।

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष नै किसानलाई राहत दिने बताए पनि ग्रामीण बस्तीका किसानले यो फाइदा लिन सकेका छैनन् । कुलो नहर नपुग्ने जग्गामा सिँचाइका वैकल्पिक उपायको अवलम्वन, कृषि बजारको वैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बिउविजन, मल र उपकरण (कृषि ज्यावल) सहज र सुलभ मूल्यमा पाउने व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ । रासस