७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नौमती बाजा संरक्षणमा बागलुङका युवा सक्रिय

नौमती बाजा संरक्षणमा बागलुङका युवा सक्रिय
अ+ अ-

गलकोट । नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ ।

संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड नै बनेको छ । पाँच वर्षअघि बागलुङको चैते दसैँ मेलामा आयोजना गरिएको प्रतियोगितामा अब्बल सावित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका हुन् । माग बढ्दै गएपछि यहाँका युवा आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् ।

सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ । बाजामा उहाँले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउनुहुन्छ । उहाँ पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरबाट बाजा बजाउन थालेको बताउनुहुन्छ । नौमतीका सबै बाजा बजाउन जान्नुभएका उहाँले अधिकांश सहनाइ बजाउनुहुन्छ ।

नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सहनाइ बजाउन जान्नुभएका नेपालीलाई धेरैले रुचाउन थालेका छन् । उहाँले बजाएको सहनाइबाट प्रभावित बनेकाले उहाँलाई थोरधेरै रकम सहयोग गर्ने गरेको बताउनुहुन्छ । “कुनै प्रशिक्षण लिएको हैन, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्नुहुन्छ, त्यसैले नयाँ गीत आउँदासाथ सिक्नु पर्छ”, उहाँले भन्नुभयो, “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौँ ।”

नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवा नै आबद्ध छन् । लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन् । अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह । नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ । अहिले समूहको आफ्नै पोसाक छ भने नौमती समूहको जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको समूहका अध्यक्ष बाबुराम परियारले बताउनुभयो । उहाँले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताउनुभयो ।

“नौमती बाजा संरक्षण गर्नुछ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनुछ”, उहाँले भन्नुभयो, “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महँगो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले सहयोग गरे अझै सहज हुन्थ्यो ।” परियारले बाजा बजाउन पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको रु २० हजाररदेखि रु ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ ।

नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ । अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको बजा बजाउने गरेका छन् । पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुनेगरेको छ । नौमती नौ बाजाको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइ, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाइ र दमाहाका दुई/दुई वटा हुन्छन् ।

सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यसलाई नौमती बाजा भनिएको हो । रासस