७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ ।” मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराउनुभयो ।

यसैगरी मन्त्री आलेले आफ्ना गीत, सङ्गीत तथा सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति योगदान गर्ने सम्पूर्ण गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई विशेष सम्मानसमेत व्यक्त गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पु¥याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब श्रष्टाहरुले आफ्ना गीत, कला, सिर्जना तथा सङ्गीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराउनुभयो ।

गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई आफूले सधैँ सम्मान गर्दै आएको र उहाँलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैँ तयार रहनेसमेत मन्त्री आलेको भनाई थियो । उहाँले भन्नुभयो, “गीत, सङ्गीत तथा कला भनेका देश चिनाउने गहना हुन्, म त्यसको सम्मान गर्छु, आवश्यक पर्ने सहयोगका लागि म सधैँ अग्रसर रहने छु ।” उक्त कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गर्न सहज पु¥याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उहाँकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मानसमेत गरिएको थियो । रासस