• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   साउदीमा चरम गर्मीका कारण हजमा गएका एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु ★   पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने ★   पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या ★   पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ: गृहमन्त्री ★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने

यू–१९ विश्वकप एसिया छनोट : कतारालाई हराउँदै नेपालको विजयी सुरुआत



file

यू–१९ विश्वकप एसिया छनोट : कतारालाई हराउँदै नेपालको विजयी सुरुआत

काठमाडौँ । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा विजयी सुरुआत गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । त्यस्तै सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।

जवाफमा ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव ४ ओभरमा ३८ रनमा अलआउट भयो । नेपालका लागि बलिङमा श्रृष्टि जैसीले ३ विकेट लिइन् । त्यस्तै स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।

छ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितमा नेपाल बाहेक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

खेल तालिकाअनुसार नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।