३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान
अ+ अ-

काठमाडौं ।अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कार रु एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक तारनाथ अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमाग्याल्जेन शेर्पा, खिमलाल गौतम र दावा शेर्पालाई रु ५० हजार नगद राशिको तेञ्जिङ हिलारी पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत आरोहीहरुले आफूले पाएको पुरस्कारबाट सगरमाथा आरोहणमा अझै थप कीर्तिमान कायम गर्न साहस प्राप्त भएको बताएका छन् । आजदेखि सगरमाथामा मानव पाइला राखेको ६९ वर्ष पूरा भएको छ । उक्त अवसरको आयोजनामा आज पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले काठमाडौँको ठमेलदेखि कमलादीसम्म ¥याली आयोजनासमेत गरेका थिए । रासस