• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग



काठमाडौँ । राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबार तोकिएको थियो ।

आजको बैठकमा राष्ट्रियसभा सांसद मदनकुमारी शाह (गरिमा)ले समग्रमा नीति तथा कार्यक्रम आमरुपमा सकारात्मक रहेको बताउँदै सबै क्षेत्र निजी क्षेत्रलाई दिनेभन्दा पनि सार्वजनिक क्षेत्र सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कैलालीको गेटामा रहेको मेडिकल कलेजको ९० प्रतिशत काम सम्पन्न भइसकेको सन्दर्भमा सञ्चालनका लागि नीति तथा कार्यक्रममा उल्लेख नभएकामा सुदूरपश्चिमवासी दुःखी भएकासमेत बताउनुभयो ।

सांसद नारायणदत्त मिश्रले नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत राम्रा कार्यक्रम रहेको उल्लेख गर्दै सरकारले किसानलाई अनुदानको व्यवस्था पर्याप्त गरेपनि खास किसानसम्म अनुदान नपुग्ने प्रवृत्तिमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले कैलालीको गेटामा निर्माण सम्पन्न हुने क्रममा रहेको मेडिकल कलेज यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउनसमेत माग गर्नुभयो ।

सांसद सोनाम गेल्जेन शेर्पाले श्रमिकको सम्मान गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिँदै उहाँले नीति कार्यक्रममा विद्युत् उत्पादनमा जोड नदिएकोप्रति टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रमले समतामूलक विकासको अवधारणालाई प्राथमिकतामा नराखेको उहाँको भनाइ छ । सांसद नरबहादुर विष्टले नीति तथा कार्यक्रमले मुख्य गरी कृषि र ऊर्जालाई जोड दिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद गोपाल भट्टराईले स्थानीय तहको निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको टिप्पणी गर्नुभयो । काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई जतिसक्दो चाँडो सक्नेगरी बजेट व्यापस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । सांसद उदयबहादुर बोहरा नीति तथा कार्यक्रम जनमुखी, प्रगतिशील, समाजवादउन्मुख रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन बाँकी कानुन छिट्टै निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता बढाउँदै अन्य सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।