२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको मत गणना सकियो, बालेन विजयी, शुक्रबार बिहान नतिजा घोषणा गरिने



अ+ अ-

काठमाडौ । काठमाडौँ महानगरपालिकाको प्रमुख र उपप्रमुखको मतगणना सकिएको छ । महानगरपालिकाको अन्तिम वडा वडा नं १४ रहेकामा सो वडाको परिणाम आजै साँझ घोषणा भएको छ ।

निर्वाचन आयोगले आज नै प्रमुख र उपप्रमुखको परिणाम घोषणा गर्ने तयारी गरेको भए पनि शुक्रबार बिहान मात्र परिणाम घोषणा गर्ने भएको हो ।
काठमाडौँका प्रमुख निर्वाचन आयुक्तले सो परिणाम भोलिमात्र सार्वजनिक गर्ने जनाएको छ । घोषणा गर्न बाँकी रहेको मत परिणामअनुसार प्रमुखमा बालेन साह र उपप्रमुखमा सुनिता डंगोल बिजयी भएका छन् ।

उता प्रमुखका विजयी बालेन साहको समूहले भोलि बिहान मात्र विजय यात्रा गर्ने जनाएको छ । उनीहरुले भोलि बिहान साढे छ बजे राष्टिय सभागृहबाट विजय र्याली गर्ने जनाएका छन् ।