• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर ★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे

११ अङ्कले घट्यो नेप्से, कुन क्षेत्रमा देखियाे असर ?



काठमाडौँः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा बिहीबार साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ ।

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीनको रु १२ करोड ४१ लाख ८० हजार ४५३ बराबरको कारोवार भएको छ । यस्तै नेशनल हाइड्रोपावर रु १० करोड ३७ लाख तीन हजार २४१, सानिमा माई हाइड्रोपावर रु आठ करोड ९७ लाख नौ हजार २८, कुमारी बैंक रु आठ करोड ६० लाख ६७ हजार ५०१, अरुण भ्याली हाइड्रोपावर रु सात करोड १८ लाख १८ हजार ४३०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट रु छ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।