• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद



इस्तानबुल, टर्कीे । ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले जनाएको छ। 

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले युरोपेली युनियनमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूले प्रयोग गर्ने सीमावर्ती शहर इप्सालामा एक दर्जन आप्रवासीको चिसोले मृत्यु भएको बताएका छन्।

सोइलुले ट्वीटरमा लेखेका छन् ''ग्रीक सीमा अधिकारीहरूले तिनीहरूलाई हटाएको र तिनीहरूको जुत्ता र लुगाहरू खोसिएको छ।'' उनले धमिलो तस्बिरहरू ट्वीट गर्दै कम्तिमा आठ व्यक्तिको शव आंशिक रूपमा लुगा लगाएको र माटोमा लडिरहेको देखाइएको देखिन्छ भनेर लेखेको सीएनएनले रिपोर्ट गरेको छ। सोयलुले ग्रीक सीमा गस्ती र एकाइहरूलाई ठगको संज्ञा दिँदै युरोपेली संघ 'उपचारविहीन, कमजोर र मानवीय भावनाहरूको शून्य' रहेको टिप्पणी समेत गरेका छन् ।

यसैगरी ग्रीसका अध्यागमन मन्त्री नोटिस मिताराचीले सोइलुको  उक्त आरोप अस्वीकार गरेका छन् । 'इप्साला नजिकैको टर्की सीमामा १२ आप्रवासीको मृत्यु हुनु दुःखद घटना हो,' उनले एक विज्ञप्तिमा भने। 'तर यस घटनाको पछाडिको सत्य मेरो समकक्षीले गरेको झूटो प्रचारसँग मिल्दोजुल्दो छैन।'

मिताराचीका अनुसार ती आप्रवासीहरू कहिल्यै सीमामा पुगेका छैनन्। ''उनीहरूले गरेको कुनै पनि सुझाव वा दावी वास्तवमा पूर्णतः बकवास हो,'' उनले भने। ''निराधार दावीहरू गर्नुको सट्टा टर्कीले आफ्नो दायित्वहरू पूरा गर्न र यी खतरनाक यात्राहरू रोक्न काम गर्न आवश्यक छ'' उनले भने ।

१२ जना आप्रवासीहरू २२ जनाको समूहमा थिए। क्षेत्रीय अधिकारीहरूले एक विज्ञप्तिमा जनाएअनुसार उनीहरूले अझै बाँकी १० जनाको खोजी गरिरहेका छन् । उक्त  घटनाको अनुसन्धान शुरु गरिएको छ। (रासस/एएनआई)