© 2023
काठमाडौँ। जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्यवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज यहाँ आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रुपमा हेरिएको धारणा राख्नुभयो ।