© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको बताएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताएका हुन् । सरकारले लाखौँ नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ ।

रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।