© 2023
कैलाली। बिहीबार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थल पुगेका थिए। तर, कैदीबन्दीहरूले कारागारको गेटमा ताला लगाएर भित्र प्रवेश गर्न नदिएपछि टोलीले कारागार प्रशासनसँग छलफल