६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशमा सुनिरालाई रजत

काठमाडौँ । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा शुक्रबार रजत जितेकी छन् । ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसंग ६–३ र ६–० ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन् ।