© 2023
काठमाडौँ। साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र