२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला आईपीएलका लागि कप्तान रुविनासहित ५ खेलाडीको नाम सिफारिस

काठमाडौँ । भारतमा पहिलो पटक हुन गइरहेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालबाट ५ खेलाडीको नाम सिफारिस गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि पठाएको हो ।