• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
गोरखामा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेसका मेयर उम्मेदवार

काठमाडौं । गोरखा नगरपालिकाको मेयरको टिकट पाएका नेपाली कांग्रेसका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । उनीमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका हुन् । मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका बेला स्टुडियोभित्रै पसेर उनीमाथि केही युवाले हातपात गरेका थिए ।