© 2023
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका तीन जना मन्त्रीले आज सपथ लिएका छन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरुको सपथ गराएका हुन् ।