© 2023
काठमाडौं । रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । उक्त सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ती व्यक्तिलाई तीन जना मिलेर पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट गरिरहेको भिडिओमा देखिन्छ ।