© 2023
धनुषा, १५ भदौः धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य छैनन् । दिनरात पूजा श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्नुहुन्छ । आँखामा निद्रा छैन । मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन् । तर, घण्टी बज्दैन । फोन उठ्दैन । प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का