© 2023
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टे खोलामा दोस्रो राष्ट्रिय याकचौँरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यहाँस्थित हिमालय चौँरीपालन तथा संरक्षण समितिको आयोजना तथा थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा आज राष्ट्रिय याक दिवस हर्षोल्लासका साथ मनाइएको हो । सदियौँदेखिको परम्परागत याकचौँरीपालन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित यसवर्ष मुस्ताङसहित रसुवा