७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । मेयर साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो ।