© 2023
महोत्तरी । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय