© 2023
बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । जसमा हालसम्म कुनै हताहत भएको जानकारी प्राप्त नभएको एक सुरक्षा स्रोतले बताएको छ । इराकी गृह मन्त्रालयका एक स्रोतले नाम नबताउने शर्तमा बताएअनुसार बिहानै ग्रिन जोनमा रहेको दुतावासमा विष्फोटक पदार्थ जडित ड्रोनले आक्रमण गरेको थियो। हताहतको बारेमा तत्काल कुनै जानकारी उपलब्ध छैन