© 2023
जनकपुर। धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर