१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यालय शिक्षा विधेयक निजी विद्यालयमैत्री बनाउन माग

काठमाडौँ। निजी विद्यालयका सञ्चालकले ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संशोधनको माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने माग गरेका हुन् । त्यसैगरी, विद्यालयमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानाखाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरुको माग छ ।