© 2023
काठमाडाैँ । धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ स्थित अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुवै पक्षबीच पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, स्वस्थ सहर, दिगो विकास तथा जलवायु कार्य लगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको थियो।