• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई

भेरीगङ्गा । बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मनुभएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुनुहुन्छ । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुनुहुन्छ । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जानुहुन्थ्यो । सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो