© 2023
बाँके। बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ । “व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट