© 2023
एजेन्सी । भारतीय चर्चित गायक जुबिन गर्गको मृत्यु प्रकरणमा पक्राउ परेका उनका ब्यान्ड साथी (गायक)शेखर ज्योति गोस्वामीले चकित पार्ने खुलासा गरेका छन् । शेखरले दाबी गरेका छन् कि गायकका म्यानेजर सिद्धार्थ शर्मा र इभेन्ट आयोजक श्यामकनु महन्तले उनलाई विष खुवाएका थिए । उनीहरूद्वारा हत्यालाई दुर्घटना देखाउने षड्यन्त्र रचिएको थियो ।