१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

म्याग्दी (बेनी) : उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो ।