• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाइ दिनुभयो । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।