१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठ्ठाघर दुर्घटनाः ट्रक चालक कारागार चलान

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको हो ।

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन

गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर

गठ्ठाघर दुर्घटना: ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा हिजो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।