© 2023
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । उहाँसँग घरवासका लागि मात्रै जग्गा छ । त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँ–बटैयामा जग्गा कमाउँदै आउनुभएको छ ।