© 2023
काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा छन् । विरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।