© 2023
उच्च हिमाली भेगमा लेक लागेर ज्यान गुमाउने मानिसको संख्या बर्सेनि बढिरहेको छ, त्यसमा पनि युवाको संख्या उच्च छ । जुम्लाकी आङ्मु बुढा (२४) लाई गत जेठमा यार्सागुम्बा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित फूलबारी पाटन पुगेकी थिइन् । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइको त्यही पाटनमा उनलाई लेक लाग्यो