© 2023
सुनसरी। पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा इटहरीमा ७६ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ज्येष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिकाअन्तर्गतका २० वटै वडाबाट छनोट गरिएका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको ज्येष्ठ नागरिक समन्वय समितिका उपाध्यक्ष तुलाराम दङ्गालले जानकारी दिनुभयो