७ मंसिर २०८१, शुक्रबार
,
Latest
२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल १७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित चलचित्र कबड्डी ४ आउँदो शुक्रवारबाट



अ+ अ-

काठमाडौँ । दर्शकको मन जित्न सफल रहेको कबड्डी ब्राण्डको कबड्डी ४ (द फाइनल म्याच) आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो ।

कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताउनु भयो । उहाँले कबड्डी एकदेखि ४ सम्म आईपुग्दा काजीको जीवन कसरी चलिरहेको छ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताउनु भयो । उहाँले कबड्डी ४ विशेष हुने पनि बताउनु भयो ।

त्यस्तै नायक सौगात मल्लले कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ भन्ने नै मुख्य भाग रहेको बताउनु भयो । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताउनु भयो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।