२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

पर्सा । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका–८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ । 

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो ।
 
उनी उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ ।