२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

विद्यालयको कक्षा कोठामा हिमानी शाह ! (भिडियो सहित)

विद्यालयको कक्षा कोठामा हिमानी शाह ! (भिडियो सहित)
अ अ+ अ-

जनकपुर । जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत  १० कक्षाका छात्राहरु अन्य दिन जस्तै कक्षाकोठमा बसेर पढिरहेका थिए । उनीहरु पढिरहेको समयमा विद्यालय पोशाकभन्दा फरक पोशाकमा केही व्यक्तिहरु कक्षा कोठामा प्रवेश गरे र आज्ञाकारी विद्यार्थी झैं बसेर शिक्षकले पढाएको सुनिरहे ।  

नौला मान्छेहरु आफ्नो कोठमा देखेपछि छात्राहरु खासखुस गर्न थाले, उनीहरुको कौतुहललाई मेट्दै विद्यालयका प्रधानाध्यापकले भने, तिमीहरुको कक्षा कोठामा बस्ने व्यक्ति पूर्व युवराज्ञी हिमानी शाह हुनुहुन्छ ।  

“बेटी बचाऊ बेटी पढाऔं” अभियान सञ्चालन भै रहेको २ नम्बर प्रदेशका विद्यालय जाने विद्यार्थीलाई स्वस्थ खानेपानी उपलब्ध हुन कठिन भएको भन्दै कोषले भारतीय कम्पनी टाटाले बनाएका विशेष खालका पानीका बोतलहरु वितरण गर्न हिमानी शाह विद्यालय पुग्नु भएको थियो । छात्राहरु र सुस्त मनस्थिति भएका बालबालिकालाई स्वतः पानी शुध्द हुने पुनः प्रयोग योग्य बोतल  हिमानि कोष अष्ट्रेलियाको सहयोगमा उपलब्ध गराईएको थियो । 

पूर्व युवराज्ञी शाहले जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेपछि छात्राहरुसँग कक्षाकोठामा नै अन्तरक्रिया गर्नु भएको थियो । 

अन्तरक्रियाका क्रममा एक छात्राले सोधिन्, “जीवनमा कसरी राम्रो गर्न सकिन्छ ?”  छात्राको प्रश्न पछि शाहले भन्नुभयो, “पहिले त्यति विकल्प थिएन तर अहिले डाक्टर, इन्जिनियर, व्यवस्थापन सहित अतिरिक्त क्रियाकलापमा भाग लिन पाइन्छ । अहिले राम्रो गर्ने छात्राका लागि निकै अवसरहरु छन् ।”
 
बेञ्चमा सँगै बसेका विद्यार्थीसँग शाहले सोध्नुभयो, “कुन विषय मन पर्छ ?” छेवैका छात्राले भनिन्, “म्याथ र साइन्स ।” अर्की छात्राले भनिन्, “मलाई त गाह्रो लाग्छ ।” 

छात्राको कुरामा सुनेपछि हाँस्दै शाहले भन्नुभयो, “हो, मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो ।” 

शाहलाई प्रधानाध्यापकले विद्यालयमा रहेका समस्याहरुका बारेमा पनि जानकारी गराएका थिए । शाह विद्यालयबाट बाहिरिँदै गर्दा छात्राहरुले “हामीलाई हौसला दिन बेलाबेला आइराख्नु है” भन्दै विदाई गरेका थिए ।    

सामाजिक सेवाका क्षेत्रमा कृयाशील हिमानी कोषले प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहर जस्ता विभिन्न घटनामा पीडितहरुलाई राहत एवं सहयोग गरिरहेको छ । साथै कोषले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।