५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी



अ+ अ-

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ ।

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६०, नेकपा (एमाले)का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका सङ्गीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाउनुभएको छ ।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी हुनुभएको छ ।