२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 4.12

Humidity: 56

Latest
रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी



अ+ अ-

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ ।

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६०, नेकपा (एमाले)का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका सङ्गीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाउनुभएको छ ।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी हुनुभएको छ ।