१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बालेन्द्रको २० हजार मतको अग्रता, जित लगभग सुनिश्चित



बालेन्द्र शाह
अ+ अ-

काठमाडौं आज बुधबार बिहान ६.३० बजेसम्म ५२ हजार २५१ मत ल्याइसक्नु भएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ८२२ प्राप्त गर्नु भएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३२ हजार ८०७ प्राप्त गर्नु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ६०५ तथा राप्रपाका मदनदाश श्रेष्ठले २ हजार ९९६ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाउनु भएको छ । उहाँले ४६ हजार ३४७ प्राप्त गर्नु भएको छ जबकी उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एसका रामेश्‍वर श्रेष्ठले १६ हजार २८३ मत प्राप्त गर्नु भएको छ । दुई उम्मेदवारबीच झण्डै ३० हजारको मतान्तर रहेको छ ।