१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

ललितपुरको प्रमुखमा चिरिबाबु महर्जनको दोस्रो इनिङ, भारी मतान्तरसहित विजयी

ललितपुरको प्रमुखमा चिरिबाबु महर्जनको दोस्रो इनिङ, भारी मतान्तरसहित विजयी
अ अ+ अ-

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन भारी मतान्तर सहित दोस्रो कार्यकालका लागि विजयी हुनु भएको छ । महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, महर्जनले ४२ हजार ७२२ मत प्राप्त गर्नु भएको थियो भने व्यञ्जनकारले २४ हजार ५६० प्राप्त गर्नु भएको थियो ।

महर्जन र व्यञ्जनकारबीच २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला २४ हजार ६४२ मत पाएर महर्जनले व्यञ्जनकारलाई ३२६ को मतान्तरले पराजित गर्नु भएको थियो ।

उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्य २५ हजार ८४ मत पाएर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका बाबुराज बज्राचार्य पराजित हुनुभयो । उहाँले १८ हजार ७५१ मत प्राप्त गर्नु भएको थियो ।

२०७४ को निर्वाचनमा महानगरको उपप्रमुखमा गीता सत्यालले १९ हजार ८१९ मत पाएर निर्वाचित हुनुभएको थियो ।

वर्तमान गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा विजय हासिल गरेको छ । तर काठमाडाैं महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार धेरै पछि परेका छन् ।

यस्तै गठबन्धनकै तर्फबाट भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेनु दाहाल, पाेखरा महानगरपालिकामा नेकपा (एस) का धनराज आचार्य तथा वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भइसकेका छन् ।

काठमाडाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहेकाले महानगरपालिकामा प्रमुख प्रतीपक्षी दल नेकपा एमालेको उपस्थिति लगभग शून्य हुने भएको छ ।